ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

‘ए’ डिभिजन लिग : एपीएफको तेस्रो जित, पुलिसको पाँचौं हार

‘ए’ डिभिजन लिग : एपीएफको तेस्रो जित, पुलिसको पाँचौं हार

स्पेस संवाददाता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले तेस्रो जित निकालेको छ ।

च्यासल मैदानमा सोमबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई २-० ले हराउँदै एपीएफले तेस्रो जित निकालेको हो ।

एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा डोम्बियाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सबिनले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए । जितसँगै एपीएफले ६ खेलमा १० अंक जोडेको छ ।

एपीएफ पाँचौं स्थानमा उक्लिएको छ । पुछारको पुलिसको यो पाँचौं हार हो । पुलिसले ६ खेलमा १ अंक जोडेको छ ।