images

रवि लामिछानेको राहदानीसम्बन्धी रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको आजबाट प्रारम्भिक सुनुवाइ हुँदैछ ।

लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी चढेको छ ।

सिन्हको एकल इजलासमा ११ वटा रिटको पेशी तोकिएकोमा लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।

सोमबार लामिछानेले राहदानी दुरुपयोग गरेको भन्दै अधिवक्ता युवराज सफलले रिट दायर गरेका थिए । यसअघि आइतबार उक्त रिट सर्वोच्चमा पुगे पनि सर्वोच्चले आवश्यक अनुसन्धानका लागि फर्काइदिएको थियो ।