images
images

धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन्।

मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताए।

नेपालमा जैन धर्मावलम्वीहरू प्रायः नेपालको सबै ठाउँमा विभिन्न समुदायका बीचमा मिलेर बसेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताए । ‘धर्मको परिभाषा त्यसको प्रभाव सर्वजनहीतायको भावनाले मात्र ओतप्रोत हुन्छ। धर्मले नै यस संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रूपमा अघि बढ्न प्रेरित गरेको हुन्छ’-उनले भने । 

उनले महावीरका उत्कृष्ट सिद्धान्तहरुलाई अनुशरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न उनका अनयायीहरू सफल रहेको पनि बताए।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS