 
                                काठमाडौं । नेपाल आयल निगमले घटाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य मंगलबारदेखि लागु हुने भएको छ।
निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको थियो। सोही नयाँ मूल्य आजदेखि लागु हुने भएको हो।
मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको निगमले जनाएको हो।
निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै हिजो सोमबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।


 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        






