images
images

प्रहरीसँगको झडपमा तीनजनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीनजनाको मृत्यु भएको छ।

प्रहरीले विज्ञप्ति जारी गर्दै सहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ।

मारिएका अपराधीहरूको पहिचान भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सहरमा लुटपाटका घटना बढेसँगै स्थानीय कानून प्रवर्तन निकायले सडक अपराधीविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ।

यसैगरी, शनिबार बिहानै प्रहरीले सहरका विभिन्न क्षेत्रमा अपरेसन गरी पाँचजना शङ्कास्पदलाई पक्राउ गरेको पनि जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS