
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको १ हजार १७० नमुनाको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोही अवधिमा थप ५७ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५७ रहेको छ ।