images
images

आज तिन प्रदेशमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS