काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ।
जिल्ला अदालत काठमाडौंमा हुन लागेको सुनुवाइमा लामिछानेविरुद्धको मुद्दालाई तेस्रो प्राथमिकतामा राखिएको छ ।
यसअघि बुधबारका लागि केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भए पनि दिनको अन्तिम समयमा सुनुवाइ सुरु हुन लाग्दा समय अभाव हुने भन्दै जाहेरीपक्षका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए ।
तेस्रो स्थानमा राखिएको हुनाले मुद्दाको सुनुवाइ हुनसक्ने आजनै हुनसक्ने सम्भावना रहेको छ ।