ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

चितवन २ का २९ मतदानस्थल अतिसंवेदनशील

चितवन २ का २९ मतदानस्थल अतिसंवेदनशील

स्पेस संवाददाता

काठमाडौं । वैशाख १० गते हुने उपचुनावमा चितवन निर्वाचन क्षेत्र नं २ का २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो। बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका १ सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले यो क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ ।