images
images

आईपीएलमा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स तथा सनराइजर्स हैदराबाद र पञ्जाब किङ्ग्स भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स तथा सनराइजर्स हैदराबाद र पञ्जाब किङ्ग्स खेल्दैछन् ।

आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

गुजरात र कोलकताबीचको खेल दिउँसो पौने ४ बजे अहमदाबादमा सुरु हुनेछ । त्यस्तै, दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पञ्जाब किङ्ग्स खेल्दैछन् । हैदराबाद र पञ्जाबको खेल बेलुका पौने ८ बजे हैदराबादमा हुनेछ ।