images
images

‘ए’ डिभिजन लिगमा एनआरटीद्वारा हिमालयन शेर्पा पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार हिमालयन शेर्पालाई २-१ गोल अन्तरले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो।

एनआरटीको जितमा रोहन खड्की र जेनिस प्रजापतिले १-१ गोल गरे । त्यस्तै खमिर गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।

जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ ।