images

कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु, १ सय २१ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

लामो समयपछि मंगलबार पनि कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २३७७ नमुना परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ सय ४५ पुगेको मन्त्रलायले जनाएको छ ।