ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

स्पेस संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ४८८ जनाको नमूना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५४१ जनाको पीसीआर र ९४७ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

त्यस्तै, बिहीबार ७४ जना संक्रमणमुक्त भएका छन् । हाल ४३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।