images

२९ अङ्कले घट्यो नेप्से

काठमाडौं । बुधवार ९२ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज बिहीवार २९ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज (वर्ष २०७९ को अन्तिम दिन) २९ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ३४ दशमलव ४८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ७० वटा कम्पनीका ४९ लाख १३ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै एनआरएन पूर्वाधार बैंक, धौलागिरि लघुवित्त, एक्सेल विकास बैंक, सृजनशील लघुवित्त र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि मोलुङखोला जलविद्युत्, आदर्श लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।