images

नेपालमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको खेल तालिका सार्वजनिक भएको छ ।

खेल तालिका अनुसार समूह ’ए’ मा रहेको नेपालले पहिलो खेलमा किर्गिस्तानको सामना गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल जेठ ८ गते हुनेछ । नेपालले दोस्रो खेलमा बंगलादेश र अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको समूहमा भारत, बंगलादेश र किर्गिस्तान रहेको छ । समूह ’बी’ मा उज्वेकिस्तान, काजकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको छ ।

प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म हुँदैछ । त्रिपुरेश्वरस्थिति राखेपको कर्भड हलमा आयोजना हुने प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ ।

प्रतियोगिताका लागि नेपालले महिला टिमको प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्टको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।