images

नेकपा एसले बैशाख नौं गते स्थापना दिवस मनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बैशाख नौं गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार काठमाडांँको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख नौं गते केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रुपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रुपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उनको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको हो । उनले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रिय कमिटीमा फरक मत राखेकाले सो विषयमा छलफल हुन नसकेको पनि स्पष्ट पारे ।

उता पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।