images
images

माओवादी नेता वर्षमान पुनकी आमाको घरमा गोली चलाउने प्रहरी हवल्दार पक्राउ

काठमाडौं । प्रहरी सहायक हवल्दार प्रकाश पुनले गोली चलाउँदा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन्।

उनको देब्रे खुट्टामा गोली लागेको छ। उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

शुक्रबार राति काठमाडौँको गौरीधारास्थित तीर्थमाली बस्ने घरमा गोली चलाएर भागेका प्रकाशलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाश कायममुकायम प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हुन् । नातामा तीर्थमालीको नाति पर्ने प्रकाश नयाँ वर्ष मनाउन गौरीधारा गएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS