images

मोरङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । मोरङको रंगेली–४ स्थित आमतोला–रन्जनी सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–५ कि ६५ वर्षीया वैशाखी चौधरी रहेको प्रहरीले जनाएको छ ।

रन्जनीबाट रंगलीतर्फ आउँदै गरेको प्रदेश ००१ त ९५५३ नम्बरको ट्याक्टर भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

घाइतेहुनेहरू चार जनाको रंगेली अस्पतालमा र बाँकी उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा २० जना सवार रहेको प्रहरीको जनाएको छ ।