images

साताको सुन : प्रतितोला ८०० रुपैयाँले बढ्यो

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम थियो । जबकी, यो साताको अन्तिम कारोबार दिन बिहीवारसम्ममा सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम छ ।

यो साताको शुक्रबार नेपाली नयाँ वर्ष परेर सुनको कारोबार भएन । यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य समेत बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिनसम्ममा तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ कायम छ । यसैगरी, यो साता चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।

महासंघले गत साता चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म १४ सय ५० रुपैयाँ कायम भएको जानकारी दिएको हो ।