images
images

शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको सवारी दुर्घटना ज्यान गयो

काठमाडौं । आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन हिडेका आठ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको छ ।

उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि अन्य छ जना गम्भीर घाइते भएका छन्।

आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

छ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS