images

 ‘ए’ डिभिजन लिग : जावलाखेलद्धारा मनाङ ३-० गोल अन्तरले  पराजित

काठमाडौं । जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल मैदानमा शनिबार मनाङ मर्स्याङ्दी क्लबलाई ३-० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो।

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । फोडे फोफानाले एक गोल थपे ।

यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।