images

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बैठक बस्ने बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार तीनवटा विधेयक पेस गर्ने र एउटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख घिमिरेले कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।