images

विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा

काठमाडौं । हावाको गुणस्तर मापक सूचक ९एक्यूआई० अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । काठमाण्डौको एक्यूआई अहिले १ सय ९२ रहेको छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर छ । च्याङमाइको एक्यूआई २ सय २२ रहेको छ ।

यस्तै, तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता रहेको छ ।

डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ ।

५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ ।