images
images

कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन जरुरी छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् ।

आईतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको धारणा राखे । नेपालले मिल्नसक्ने र सहकार्य गर्नसक्नेहरुबीच एकता गरेर अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको उल्लेख गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS