ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्यो

स्पेस संवाददाता

काठमाडौं ।  बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।