images
images

  चामल निर्यातमा लगाइएको रोक हटाउन आईएमएफद्वारा आग्रह 

एजेन्सी । अन्र्तराष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ ।

आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारतले गत जुलाई २० मा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री तथा अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले वल्ड इकोनोमिक आउटलुक सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव बढाउनुका साथै यसले प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहने र यो विश्वव्यापी रूपमा हानिकारक हुन सक्ने बताएका छन् ।

आईएमएफले यस वर्ष भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५.३ प्रतिशतभन्दा निकै बढी हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS