ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

अवैध रूपमा मेडिकल सञ्चालन गरिरहेका चार जना पक्राउ

अवैध रूपमा मेडिकल सञ्चालन गरिरहेका चार जना पक्राउ

स्पेस संवाददाता

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा अवैध रूपमा मेडिकल सञ्चालन गरिरहेका चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी(३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक दिपक महरा र धनगढी २ बस्ने रेश्मी क्लिनिक फार्मेसीका सञ्चालक गोरखबहादुर श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

उनीहरूले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ।