images
images

नेकपा एसको केन्द्रीय सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आज बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।

तयारी नपुगेकाले बैठक स्थगन गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। अब सचिवालय बैठक साउन १९ गते बिहान ८ बजे बस्ने गरी बोलाइएको उपमहासचिव खतिवडाले बताए।

यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकोमा ती सबै बैठक पनि प्राविधिक कारणले तयारी नपुगेको भन्दै सारिएको छ। अब २० र २१ गते भने स्थायी कमिटी बैठक बोलाइएको छ।

बैठकमा सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS