ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

महिला विश्वकपमा आज चार खेल

महिला विश्वकपमा आज चार खेल

स्पेस संवाददाता

काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा आज चार खेल हुँदैछन् ।

आज समूह ‘डी’ मा रहेका अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

यस्तै, समूह ‘एफ’ अन्तर्गत अपराह्न पौने चार पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्ने छन् ।

यसअघि हिजो भएको खेलमा इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेका छन् ।

३२ राष्ट्र सहभागी महिला विश्वकप फुटबलमा आठ वटा समूहबाट दुई दुई वटाका दरले १६ देश नकआउट चरणमा पुग्नेछन् ।