ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

केन्द्रीय समिति विस्तार गर्ने माओवादी केन्द्रको निर्णय

केन्द्रीय समिति विस्तार गर्ने माओवादी केन्द्रको निर्णय

स्पेस संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई अब ४०७ सदस्यीय बनाउने भएको हो ।

यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सुरु हुँदैछ ।

बिहान ११ बजे सुरु हुने भनिएको केन्द्रीय समिति बैठक तयारी अपूग भएकाले २ घण्टा पर सारिएको बताइएको छ ।

यस्तै, बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय पनि गरेको छ ।