images
images

चीनको राजधानी बेइजिङमा भारी वर्षा र डुबानका कारण २० को मृत्यु

काठमाडौं । चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले बाढी र डुबान भएको छ।

समाचार संस्था एपीका अनुसार गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको चिनियाँ मौसमविद्हरूले बताएका छन् ।

१४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो। अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन।

डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको हो। भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। हजारौं मानिस विस्थापित भएका छन्।

सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS