ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

अज्ञात समूहद्वारा डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको १६ वटा सिँढी तोफफोड

अज्ञात समूहद्वारा डोल्पाको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको १६ वटा सिँढी तोफफोड

स्पेस संवाददाता

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।

अज्ञात समूहले मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्ये १६ वटा सिँढी तोफफोड गरेको हो । विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।

सिँढी किन र कसले फुटायो थाहा हुन नसकेको र अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको उनको भनाई छ । यसअघि पनि यो मन्दिरका सिँढी तोडफोड भएका थिए ।