images
images

यस्ता छन् आँखा पाक्ने रोगका लक्षण र बच्ने उपायहरु

काठमाडौं । अहिले देशभर आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ। पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो। आँखा पाक्ने रोग एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धेरै जनामा हुन सक्छ। हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ। आँखा पाक्ने रोगका लक्षणहरु र यसबाट बच्ने उपाए यस्ता छन् ।

आँखा पाक्ने रोगका लक्षणहरु
-आँखा रातो हुने र चिलाउने
-आँखाबाट आँसु बगिरहने वा कचेरा र चिप्रा लाग्ने
– आँखाको ढकनी रातो हुने, सुन्निने
– आँखा बिझाउनेरदुख्ने
– घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपायहरु
-संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने
– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
– जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
– व्यक्तिगत सरसफाइमा ध्यान दिने।

भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग गर्नुहुँदैन।

आँखा पाक्ने रोग  लागेमा के गर्ने र ? 
– भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ।
– घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु
– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने।
– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।
-आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।
– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने।
– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धु वा सफा गर्ने।
– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।
– संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS