images
images

भारतद्वारा वेस्ट इन्डिज ७ विकेटले पराजित

काठमाडौं ।  तेस्रो टी–२० क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

यसअघि लगातार दुई खेलमा पराजित भएको भारतले मंगलबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्यो।

यो जितसँगै भारतले पाँच खेलको सिरिजमा पुनरागमन गरेको छ । तेस्रो टी-२० भारतले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको मा जित निकाल्दै पाँच खेलको सिरिजलाई २-१ को अवस्थामा ल्याएको छ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा १५९ रन जोड्यो। उसका लागि ब्रान्डन किङले ४२ रन र रोभमान पावेलले नटआउट ४० रन बनाए। बलिङमा भारतका कुलदिप यादवले ३ विकेट लिए।

१६० रनको लक्ष्य भारतले ३ विकेटको क्षतिमा १७.५ ओभरमा पूररा गर्‍यो। ओपनरद्वय यसश्वी जैसवाल १ रन र शुभमन गिल ६ रनमा आउट भए पनि सूर्यकुमार यादवले ४४ बलमा ८३ रन जोडे। यस्तै तिलक बर्माले नटआउट ४९ रन र कप्तान हार्दिक पाण्ड्याले नटआउट २० रनको योगदान गरे।