ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

खाँदबारीमा मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेनन्

खाँदबारीमा मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेनन्

स्पेस संवाददाता

काठमाडौं । संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् ।

एक वर्षदेखि कारगारमा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका– ७ का २८ वर्षीय आकाश बलामीको कैदीहरुबीचको झडपमा परी मृत्यु भएको प्रहरीले जनाएको थियो । तर मृतकका आफन्तले मृत्यु शंकास्पद भएको भन्दै शव बुझ्न नमानेका हुन् ।

गत मंगलबार राति कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको प्रहरीको भनाइ छ ।

आफन्तहरुले भने प्रहरीको कुटाइबाट मृत्यु भएको दाबी गरेका छन् । तोलाङ्गीलाई जबर्जस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्धामा ३ वर्ष कैद सजाय पाएका कैदीहरु थिए ।