ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

जसपाले गौर हत्याकाण्डबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

जसपाले गौर हत्याकाण्डबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

स्पेस संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज पत्रकार सम्मेलन गर्दैछ ।

दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर १७ वर्षअघिको गौर हत्याकाण्डको विषयमा धारणा राख्नेछ । गृहमन्त्रालय र गौरहत्या काण्डका पीडितहरू बीच गत मंगलबार भएको पाँच बुँदे सहमतिले जसपा तरंगित भएको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो । फोरमले गौरको राइसमिल मञ्चमा आक्रमण गरी माओवादी कार्यकर्ताको हत्या गरेको आरोप छ ।

उक्त घटनामा ज्यान गुमाउने परिवार अहिलेसम्म न्यायको अनुभूति नपाएको भन्दै आन्दोलित छन् । उक्त घटनामा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव दोषी रहेको आरोप लागिरहेको छ ।