ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

एक क्विनटल सुन तस्करीका आरोपित दुई चिनियाँ नागरिक पक्राउ

एक क्विनटल सुन तस्करीका आरोपित दुई चिनियाँ नागरिक पक्राउ

स्पेस संवाददाता

काठमाडौं । सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजिएका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो। सीआईबीका अनुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको छ ।