images
images

सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक

काठमाडौं । सिम्रिक एयरका हेलिकप्टरलाईआजदेखि उडानमा रोक लगाइएको छ ।

बक्यौता रकम नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको जनाएको छ ।

प्राधिकरणका अनुसार, सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ।

बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS