images
images

आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा यस वर्ष ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ  : नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराकासाथ सप्ताहव्यापी रुपमा कार्यक्रम भइरहेको छ ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही सम्बोधन हुन थाले पनि युवाका मुख्य समस्या शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रभावकारी सुधार हुन सकेको छैन ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS