images
images

राप्रपाले सत्तालाई प्राथमिकतामा राखेको छैन् : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन्।

शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताए।

उनले कांग्रेस सांसद डा। सुनील शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताए।

उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए। अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताए।

‘डा. सुनील शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो। अहिले नै किन कार्यान्वयन गरियो ? यति नै बेला सुनील शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरू र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरूमाथि औंला उठाउनु भयो’, उनले भने, ‘ फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन।’

अध्यक्ष लिङदेनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS