images
images

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थानस्थित बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन्। उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए।

सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो।

सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS