ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ

स्पेस संवाददाता

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप चार जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा रहेको बताइएको छ ।

सुन तस्करीमा संलग्न रहेको देखिएपछि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेक सूमा लुकाएर ल्याएको सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण ६० किलो ७१६ ग्राम छ ।