images

ललिता निवास जग्गा प्रकरण : थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा गरेको छ ।

हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।