images
images

भारतमा गोली हानी पत्रकारको हत्या

एजेन्सी । भारतको पूर्वी राज्य विहारमा शुक्रबार पत्रकारको हत्या भएको छ।

राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्र पत्रकार विमलकुमार यादवको हत्या भएको हो।

स्थानीय हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताएको छ ।

शुक्रबार बिहान अज्ञात बन्दुकधारीले ढोका ढकढक्याएर उनलाई बोलाई छातीमा गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वरिष्ठ प्रहरी अधिकारी जेएस गंगवारका अनुसार घटनास्थलमै यादवको मृत्यु भएको हो ।

मुख्यमन्त्री नितीशकुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS