images
images

प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अवरोध कायमै राख्ने सम्भावना

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आइरहेको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । क्विन्टल सुन तस्करी काण्डमा सरकारका मन्त्रीहरुको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको छ ।
आजको बैठक नियमित चलेमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य डा सुनिल कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने कार्यसूची रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची पनि रहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधयेक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइर्ययोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS