ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

पाकिस्तानमा यात्रुबाहक बस र डिजेल बोकेको भ्यान ठोक्किंदा १६ जनाको मृत्यु

पाकिस्तानमा यात्रुबाहक बस र डिजेल बोकेको भ्यान ठोक्किंदा १६ जनाको मृत्यु

स्पेस संवाददाता

एजेन्सी । पाकिस्तानमा यात्रुबाहक बस र डिजेल बोकेको भ्यान ठोक्किंदा १६ जनाको मृत्यु भएको छ ।

कराँचीबाट ४० जना यात्रु लिएर इश्लामावादतर्फ गईरहेको बस आइतबार बिहान फैजावादमा डिजेलका ड्रम बोकेको भ्यानसँग ठोक्किएर दुर्घटना भएको हो ।

डिजेल बोकेको भ्यानसँग ठोक्किएपछि बसमा आगो लागेको र आगोमा परी अधिकांश यात्रुको निधन भएको पाकिस्तानी टेलिभिजन जियो न्युजले जनाएको छ । घटनामा कम्तिमा १५ जना घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

स्थाीयहरुले आगो लागिरहेको बसका झ्याल फुटाएर यात्रुहरुलाई बाहिर निकालेका थिए । घटनामा अन्य कति घाइने भएका छन् भन्ने स्पष्ट भईसकेको छैन ।