images
images

भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ बुधवार बेलुका ६ बजे चन्द्रमामा अवतरण गर्ने

एजेन्सी । भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आउँदो बुधवार बेलुका ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्ने भएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० ले एक सूचनामार्फत चन्द्रयान–३ बुधवार बेलुका अवतरण हुने जानकारी गराएको बीबीसी हिन्दीले जनाएको छ ।
सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ । चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आज दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर आएको हो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् । यदि त्यहाँ पानी वा बरफ भएमा भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्न सकिने सम्भावना रहने वैज्ञानिकहरूको भनाइ छ ।

यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।