images
images

ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो ।

उक्त प्रकरणमा मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, मानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS