images
images

महिला टी–२० : कुवेतलाई ३४ रनले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । महिला टी–२० क्रिकेटमा नेपालले कुवेतलाई ३४ रनले हराउँदै लगातार दोस्रो खेल पनि जितेको छ।

जितका लागि नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो। कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ तथा खादिजा खलीलले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन्। खुसी डङ्गोलले २ विकेट लिँदा कविता कुँवर, सिता राना मगर र ईश्वरी बिष्टले १/१ विकेट लिए।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो।

नेपालका लागि र इन्दु बर्माले सर्वाधिक २३ तथा बिन्दु रावलले २० रन जोडे। काजोल श्रेष्ठले अविजित १९ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS