images
images

संसदीय समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ ।
नयाँ निर्वाचन भइ प्रतिनिधि सभा सञ्चालनमा आएको लामो समय हुुँदा पनि हालसम्म समितिले नेतृत्व पाउन सकेको थिएन ।

बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा९एमाले०का सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हीतराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति रहेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS